PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्राइडे रिलिज : तीन नयाँ फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : तीन नयाँ फिल्म पर्दामा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'च च हुई', बलिउडतर्फ फिल्म 'पागलपन्ती' र हलिउड फिल्म 'फ्रोजन २' रिलिज भएका हुन्। तीनवटै फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएका छन्।

आर्यन सिग्देल स्टारर फिल्म 'च च हुई'लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। फिल्ममा आर्यनसँगै मिरुना मगर, भोलाराज सापकोटा र माओत्से गुरुङको मुख्य भूमिका रहेको छ। लाइट कमेडी जनरामा निर्माण भएको यस फिल्मलाई सिजन दहाल र सन्देश अर्यालले लेखेका हुन्।

त्यस्तै कमेडी जनारामा निर्माण भएको फिल्म 'पागलपन्ती'लाई अनीस बाज्मीले निर्देशन गरेका छन्। फिल्ममा अनिल कपूर, जोन अब्राहम, इलियाना डिक्रुज लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा भुषण कुमार, अभिषेक पाठक र कृषन कुमारको लगानी रहेको छ।

कमेडी र एड्भेन्चर 'फ्रोजन २'लाई जेनिफर लि र क्रिश बकले संयुक्त निर्दशन गरेका हुन्। फिल्ममा इडिना मेन्जेल, क्रिस्टेन बेल, जोस ग्याड लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell