PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सागमा पुरुष फुटबल : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने



पहिलोपोस्ट

सागमा पुरुष फुटबल : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज गरिएको 'ड्र' अनुसार नेपाल समूह 'ए' मा परेको हो। समूह 'ए' मा नेपालसँगै बंगलादेश र भुटान छन्।

त्यस्तै समूह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका परेका छन्। साग फुटबलको साविक विजेता नेपालले मंसिर १५ गते बंगलादेशसँग खेल्नेछ। त्यस्तै दोस्रो खेल १९ गते भुटानसँग खेल्ने छ। सबैखेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

समूह 'ए' र 'बी' का शीर्ष २/२ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २२ गते सेमिफाइनल खेल हुनेछ। त्यस्तै फाइनल २४ गते हुने तय गरिएको छ। प्रतियोगितामा पाकिस्तान भने सहभागी नहुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell