PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सागमा महिला फुटबल : नेपालको पहिलो खेल श्रीलंकासँग



पहिलोपोस्ट

सागमा महिला फुटबल : नेपालको पहिलो खेल श्रीलंकासँग

दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आज गरिएको 'ड्र' अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको हो।

साग अन्तर्गतका महिला फुटबलका सबै खेल पोखरा रंगशालामा हुनेछ।

नेपालले १७ गते श्रीलंकासँग खेल्दै प्रतियोगितामा खेल शुरु गर्नेछ। त्यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग १९ गते खेल्ने छ। त्यस्तै मङसिर २१ गते नेपालले बलियो प्रतिस्पर्धी भारतको सामना गर्ने छ।

मङसिर २३ गते शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टिम

गोलकिपर : एन्जिला तोम्बाफो, एन्जिला राना मगर, उषा नाथ

डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मनमाया लिम्बू, पुजा राना

मिडफिल्डर : रेनुका नगरकोटे, दीपा राई , सरु लिम्बू, इन्दिरा राई , अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमल चौधरी

फर्वाड : सावित्री भन्डारी, निरु थापा, अनिता केसी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell