PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

महरा प्रकरण : उच्च अदालतले जिल्ला अदालतसँग माग्यो मिसिल र आदेशको कागजात



पहिलोपोस्ट

महरा प्रकरण : उच्च अदालतले जिल्ला अदालतसँग माग्यो मिसिल र आदेशको कागजात

काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्नुको कारण खुलाइ कैफियत प्रतिवेदन पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतले महरालाई थुनामा पठाउँदा गरिएको आदेश र मिसिल सम्वन्धि कागजपत्र जिल्ला अदालत काठमाडौंसँग माग गरेको हो।

जिल्ला अदालतको थुनछेक आदेश विरुद्ध बिहीवार उच्च अदालत पाटनमा महराले निवेदन दिएका थिए। शुक्रवार उच्च अदालतलका न्यायाधीश नहकुल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंलाई कैफियत प्रतिवेदन बुझाउन माग गरेको हो।

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा अदालतले कार्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो। महरा अहिले डिल्लीबजार कारागारमा छन्।

पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell