PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोटरसाइकल चोरीमा संलग्न एक युवक पक्राउ



रासस

मोटरसाइकल चोरीमा संलग्न एक युवक पक्राउ

सुर्खेत : प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट भे ९ प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ। शाहीले मंसिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३-०२, ०१० प ९४४० नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ। प्रहरी जाँचका क्रममा बुधवार सुर्खेत-जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिए।

'चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ', उनले भने, 'अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell