PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख पक्राउ



रासस

घुस लिएको अभियोगमा मालपोत कार्यालयका प्रमुख पक्राउ

लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख रुपैयाँ घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो। सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ। मण्डलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell