PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंज नेसनल मेडिकल कलेज आन्दोलन प्रकरण : विद्यार्थीहरुबीच नै भयो झडप 



राधेश्याम पटेल

वीरगंज नेसनल मेडिकल कलेज आन्दोलन प्रकरण : विद्यार्थीहरुबीच नै भयो झडप 

वीरगंज : नेसनल मेडिकल कलेज वीरगंजमा आन्दोलनरत  विद्यार्थी र सिनियर विद्यार्थीबीच साँझ केही बेर झडप भएको छ। शुक्रवार मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म विद्यार्थीहरुले प्रदर्शन र धर्ना दिएपछि कलेजभित्र प्रवेश गर्न खोज्दा सिनियर समूहका विद्यार्थीहरुले अवरोध सिर्जना गरी आधा विद्यार्थीलाई गेट बन्द गरी राखेपछि सिनियर र जुनियर विद्यार्थीबीच झडप भएको हो। 

झडपको क्रममा केही विद्यार्थीले ढुङ्गामुढा समेत गरेका थिए। झडप अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। शुक्रवार भएको घटनाबारे गम्भीर हुँदै विद्यार्थीहरुले अझै सशक्त रुपमा आन्दोलन गर्ने जनाएका छन्। बिहीवार साँझ एमबिबिएसका १८ औं ब्याचका विद्यार्थीहरुले साझ ५ बजेदेखि ६ बजे सम्म धर्ना गर्दा एमबिबिएसको चौथो वर्षका विद्यार्थी लगाएर साँझ ६ बजेदखि १० बजे रातिसम्म कलेजले विद्यार्थीहरुलाइृ गेट बन्द गराई भित्र प्रवेश गर्न दिएको थिएनन्।

साथै, राति स्थानीय प्रहरी प्रशसनको पहलमा जसोतसो कलेजभित्र प्रवेश गरे तपानि उनीहरुलाई भोकै राखेको समेत विद्यार्थीहरुले आरोप लगाएका छन्।

एमबिबिएसको लागि सरकारले साढे ४२ लाख अधिकत्म शुल्क निर्धारण गरे तपानि कलेजले विद्यार्थीहरुसँग ६५ देखि ७५ लाख सम्म शुल्क लिएको भन्दै विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता गराउन कातिक ८ देखि आन्दोलन गर्दै आएका छन्। डाक्टरीको विद्यार्थीहरुले वीरगंजमा मात्र नभई चितवन, काठमाडौंलगायत देशभर आन्दोलन रहे तापनि वीरगंजमा नेसनल मेडिकल कलेजलाई कसले ठीक पार्ने भन्ने विषय चिन्ताको विषय बनेको विद्यार्थीहरुले आरोप लगाएका छन्। एक विद्यार्थीले भने,‘विद्यार्थीहरुलाई ज्यान मार्ने धम्की दिन्छ,लाखौ रुपैयाँ असुल्छ, सरकारले सबै निर्देशन दिए पनि शुल्क फिर्ता गरिरहेको छैन, यो भन्दा दुखको कुरा के हुन सक्छ।’ 

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी मेडिकल कलेज एशोसियन नेपालका अध्यक्ष पनि हुन्। सत्ता निकट सम्बन्धका कारण पनि उनको कलेज व्यवस्थापन टिमले विद्यार्थीहरुको आन्दोलन तुहाउन र अत्यधिक बल र षडयन्त्र गरिरहेको बताइएको छ। तर विद्यार्थीहरु पनि गैरकानुनी तरिकाबाट असुलिएको पैसा फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell