PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

घुस लिएको अभियोगमा जिल्ला अदालतका कर्मचारीविरुद्ध मुद्दा दायर



रासस

घुस लिएको अभियोगमा जिल्ला अदालतका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी ६० हजार रुपैयाँ घुस माग गरेको आरोप लागेको छ। सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।

त्यस्तै शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सबइञ्जिनियर मन्दिप पौडेल र जेसिभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको छ।

विद्यालयको भवन निर्माण कार्य सकिएर भुक्तानी दिने कार्य सम्पन्न भएपछि अन्तिम किस्ता रकम निकासा गर्ने सिलसिलामा पौडेलले एक लाख २० हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ। आयोगले सबइञ्जिनियर पौडेलको भरियाका रुपमा घुस रकम लिन गएका बस्नेतलाई समेत दोषीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell