PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मोटरसाइकलको ठक्करबाट घाइते बृद्धाको मृत्यु



रासस

मोटरसाइकलको ठक्करबाट घाइते बृद्धाको मृत्यु

बैतडी : मोटरसाइकलको ठक्करबाट शुक्रवार घाइते भएकी एक बृद्धाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-३ पन्सेराका ६० वर्षीया तुलसी खत्री रहेकी छिन्। गोकुलेश्वर-गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो। गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म २ प २८२० नम्बरको मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

मोटरसाइकल चालक बिपिन नाथ फरार छन्। मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell