PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कालापानी खोक्रो राष्ट्रवादीले बेचेको सीके राउतको दाबी, 'कांग्रेसका नेतालाई बासमती चामलको भात खुवाएपछि राजनीतिक परिवर्तन!'



प्रवीण रानाभाट

कालापानी खोक्रो राष्ट्रवादीले बेचेको सीके राउतको दाबी, 'कांग्रेसका नेतालाई बासमती चामलको भात खुवाएपछि राजनीतिक परिवर्तन!'

काठमाडौं : नेपाल जनमत पार्टीका अध्यक्ष डा सीके राउतले कुनै पनि राजनीतिक परिवर्तन मधेशको साथबिना सफल नभएको दाबी गरेका छन्। आज काठमाडौंस्थित भृकुटीमण्डपमा  रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्। 

कार्यक्रममा राउतले भने, '२००७ सालको क्रान्ति सप्तरीको हनुमाननगर जेलबाट शुरु भएको हो। जनयुद्धा जलेश्वरबाट शुरु भएको हो। आन्दोलनका समयमा काँग्रेसका नेताहरुलाई बसमाती चामल खुवाउने मधेशी नै हुन्। कम्युनिस्टका नेतालाई प्रशिक्षण दिने मधेशी नै हुन्। माओवादी जनयुद्धमा पनि मधेशबाट शुरु भएको हो।'

उनले हरेक परियोजनाहरु खोक्रो राष्ट्रवादीले विदेशीलाई बेचेको आरोपसमेत लगाएका छन्।  'कोशी बेच्ने मधेशी थिएनन्। लिम्पियाधुरा बेच्ने मधेशी थिएन। यो खोक्रो राष्ट्रवादीले बेचेका हुन्। खोक्रो राष्ट्रवादीहरुले वृतान्त धेरै लामो छ। राष्ट्रवादी त मधेशी हुन्। सेनामा बन्देज लगाए पनि प्रहरीमा बन्देज लगाए पनि बिना बर्दी सीमा रक्षामा उभिएका छन्। देवनारायणजस्ता शहीदहरुले रगत बगाएर सीमा रक्षा गरेका छन्।'

त्यसैगरी उनले मधेशीहरु राष्ट्रवादीमात्र हैन राष्ट्रनिर्मातासमेत भएको दाबी गरे। राउतले भने, 'भुक्तमानदेखि लिएर गोपालवंशी, महिषपालवंशी सबै मधेशी। सबै सभ्यता मधेशीले निर्माण गरेको हो। काठमाडौंको कान्तिदेखि ललितपुरको लालित्य मधेशीले नै निर्माण गरेका हुन्।'

उनले स्वयम्भुका दुई आँखा पनि मधेशीको आँखा भएको बताए। 

राउतले अबको दिनमा रंगभेद हुन नहुने सुझाव दिँदै भने, 'प्रेमले जितौ। विभेदरहित समाजको निर्माण गरौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell