
काठमाडौं : ललितपुरमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–११ युएनपार्कस्थित सडकमा बा ९१ प १३०१ र बा ७७ प ६७९३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा उक्त घटना भएको हो।
दुर्घटनामा बा ७७ प ६७९३ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको चाबहिलका २२ वर्षीय सत्यम भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बा ९१ प १३०१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको बताएको छ।