
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासंघ गणतन्त्रको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासंघको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन्।
उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए।