PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

समाजवादी पार्टीले जनायो मन्त्रालय हेरफेरमा आपत्ति, सरकार नछाड्ने निर्णय 



पहिलोपोस्ट

समाजवादी पार्टीले जनायो मन्त्रालय हेरफेरमा आपत्ति, सरकार नछाड्ने निर्णय 

काठमाडौँः समाजवादी पार्टीले सत्ता साझेदार पार्टीलाई कुनै जानकारी नदिइ मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णयमा असन्तुष्टि जनाए पनि सरकार भने नछाड्ने निर्णय गरेको छ। समाजवादीको अध्यक्ष समेत रहेका उपेन्द्र यादवको मन्त्रालय पनि पुनर्गठनमा हेरफेर भएको थियो।  

शनिबार रातिसम्म बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल मन्त्रिपरिषद पुनर्गठन भएकोमा आपत्ति जनाएको हो। दलले यसअघि भएको दुई बुँदै सहमति कार्यान्वयनमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। 

पार्टीले उक्त सहमति कार्यान्वयनका लागि वार्ता टोली पनि बनाएको छ। सरकार र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग वार्ता समिति गठन गरेको छ। समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell