PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु

चितवनः भरतपुर महानगरपालिका -२९ दासढुङ्गामा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो। पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ। दुर्घटना बिहान ५ः५४ बजे भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell