PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

'किड क्विन'का प्रतिस्पर्धीले बाले पशुपतिमा लाखबत्ती



पहिलोपोस्ट

'किड क्विन'का प्रतिस्पर्धीले बाले पशुपतिमा लाखबत्ती

काठमाडौं : १७ औं संस्करणको ‘किड क्विन नेपाल– २०१९’ का प्रतियोगीहरुले शनिवार काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन्।

'नेप्लिज फेसन होम'ले आयोजना गर्दै आएको उक्त प्रतियोगिताका २२ जना बालिका तथा किशोरी प्रतिस्पर्धीहरुले प्रशिक्षणको एउटा अंगको रुपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन्।

७ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुको व्यक्तित्व विकासको साथै प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यले नेप्लिज फेसन होमले पछिल्लो १७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

यो प्रतियोगिताले अहिलेको पुस्ताका बालिका तथा किशोरीहरुलाई नेपाली कला, संस्कृति, धर्म, भाषा, समाजसेवा आदि सिकाउन ठुलो मद्दत पुर्‍याउने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन्।

छनोट भएका प्रतिस्पर्धीहरू लामो समयदेखि प्रशिक्षणमा व्यस्त छन्। आगामी शनिवार उनीहरुले ट्यालेन्ट शोमार्फत आ–आफ्ना प्रतिभा प्रस्तुत गर्दैछन्।

'किड क्विन नेपाल–२०१९' को निर्णायक प्रतियोगिता भने मंसिर २१ गते शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने छ।

प्रतिस्पर्धीलाई कोरियोग्राफरहरु प्रजिता श्रेष्ठ, सुजिना श्रेष्ठ तथा संगीता महर्जनले विभिन्न विधामा प्रशिक्षण दिइरहेको प्रतियोगिताका संयोजकद्वय नितु डंगोल तथा पल्सा महर्जनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell