PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पूर्व बैंकर श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश, बोहोरासँग पनि एक करोड धरौटी माग



पहिलोपोस्ट

पूर्व बैंकर श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश, बोहोरासँग पनि एक करोड धरौटी माग

काठमाडौःकर्जा अपचलन मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका पूर्व बैंकर अजय श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चले पाटन उच्च अदालतले थुनामा राख्न गरेको आदेश खारेज गर्दै धरौटीमा रिहा गर्न भनेको हो। यसअघि सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको  हो।

आइतवार न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। उनीसँगै किरणकुमार बोहोरा पनि एक करोड धरौटीमा रिहा हुने भएका छन्।त्यसपछि श्रेष्ठको पक्षबाट दुई पटक पेशी सारियो भने एक पटक हेर्न नभ्याइनेमा परेको थियो। 

बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत हुँदा श्रेष्ठले नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पूर्वपक्षमा थुनामा पठाउने निर्णय गरेको थियो।मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजलासले गत अशोज १० गते थुनामा पठाउने आदेश दिएको थियो।

उच्च अदालतको आदेश चित्त नबुझ्दा सर्वोच्च जान पाइन्छ। पुरानो मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७ मा यस्तो व्यवस्था थियो।

अहिले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ मा यस्तो व्यवस्था छ। पुरानो चलनका कारण अहिले पनि यसलाई १७ नम्बर भन्ने चलन छ। यही १७ नम्बर अन्तर्गत अजय श्रेष्ठ सर्वोच्च पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell