PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

'रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड' मंसिर २७ मा



पहिलोपोस्ट

'रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड' मंसिर २७ मा

काठमाडौं : रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड आगामी मंसिर २७  गते हुने भएको छ। अवार्ड राजधानीको सोल्टी होटलमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

रेडियो कान्तिपुरले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ। 

अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नवगायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/गायिका रहेका छन्। त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुयाउँदै आएका एकजना मुर्धन्य सङ्गीतसाधकलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

लाइफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशि एकलाख रुपैयाँ रहेको छ। त्यस्तै पिपल्स च्वाइस् अवार्डको चयन स्रोताको सहभागितामा गरिने र अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने दिनेश डिसीले जानकारी दिए।

डिसीका अनुसार वर्षभर प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँच जनाको मनोनयन छान्न बरिष्ठ गीतकार चुडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell