PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

चन्द समूहका दुई कार्यकर्ता प्रहरीको नियन्त्रणमा



रासस

चन्द समूहका दुई कार्यकर्ता प्रहरीको नियन्त्रणमा

गुलरिया : नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका-४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकाबाट गएराति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell