PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गाडीको ठक्करबाट चिकित्सकको मृत्यु



रासस

गाडीको ठक्करबाट चिकित्सकको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरमा सवारी दुर्घटनामा परी आज एक चिकित्सकको मृत्यु भएको छ।

पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री डा प्रभु जोशीको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते जोशीको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell