PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

इपिएलः म्यानचेस्टर युनाइटेड र सेफिल्डले खेले बराबरी



पहिलोपोस्ट

इपिएलः म्यानचेस्टर युनाइटेड र सेफिल्डले खेले बराबरी

इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड ३–३ को बराबरीमा रोकिएका छन्। घरेलु मैदानमा भएको खेलमा सेफिल्डले अग्रता लिएको थियो। १९ औं मिनेटमा जोन पल्लेकको गोलबाट अग्रता बनाएको सेफिल्डले पहिलो हाफ १–० ले अग्रता बनाउन सफल भएको थियो।

दोसो हाफमा फेरि लेस मौसेटले अर्को गोल थप्दै सेफल्डलाई जिततर्फ डोहोर्‍याएका थिए। तर, खेलको २ गोलले पछि परिसकेको युनाइटेढले खेलको ७२, ७७ र ७९ मिनेटमा गोल गर्दै अग्रता बनाउन सफल भयो। युनाइटेडका लागि क्रमश ब्रान्डन विलियम्स, म्यासन ग्रिनउड र मार्कस रासफोर्डले गोल गरेका थिए। तर, खेलको अन्तिम मिनेटमा ओलिभर म्याकब्रुइनले सेफिल्डका लागि गोल फर्काउँदा खेल बराबरीमा रोकिएको थियो।

अंक बाँडेसँगै सेफिल्ड अंक तालिकाको छैटौं स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेढ नवौं स्थानमा छ। तालिकाको पहिलो दोस्रो र तेस्रो स्थानमा क्रमश लिभरपुल, लेस्टर सिटी र म्यानचेस्टर सिटी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell