PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

प्रहरीले नियन्त्रणमा लिएका सवारी चालकको रहस्यमय मृत्यु



पहिलोपोस्ट

प्रहरीले नियन्त्रणमा लिएका सवारी चालकको रहस्यमय मृत्यु

डोटीः मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा सोमबार अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरी चौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन्।

पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीपले बाटो छेकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीको दाबी अनुसार पालीले आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको दुई क्याप्सुल औषधि खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गैरा क्षेत्रमा मृतकका आफन्तले घटना रहस्यमय तरिकाले भएको भन्दै विरोध जनाएका छन्। पालीले कुन औषधि खाएका हुन् भन्ने विषयमा उनको शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख देउवाले जानकारी दिए। शव परीक्षणका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell