PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

'नाइट क्ल्ब' गएपछि अनुशासन कारवाहीमा परेका विमल, अञ्जन र दिनेशले सागमा पनि खेल्न नपाउने



पहिलोपोस्ट

'नाइट क्ल्ब' गएपछि अनुशासन कारवाहीमा परेका विमल, अञ्जन र दिनेशले सागमा पनि खेल्न नपाउने

काठमाडौं :  कुवेत सँगको खेलको पूर्व सन्ध्यामा अनुशासनको कारवाहीमा परेका खेलाडीहरुले सागमा पनि खेल खेल्न नपाउने भएका छन्।

विश्वकप छनोटको समूह चरणको कुवेतसँगको खेल अघि नाइटक्लब गएको पुष्टि भएसँगै अखिल नेपाल फुटबल संघ(एन्फा)ले फुटबलर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कुवेतसँगको खेलमा सहभागी गराएको थिएन।

त्यसअघि नै दक्षिण एसियाली खेलकुदमा फुटबलका लागि टिम घोषणा गरिएको थियो जसमा विमल घर्ती मगर, दिनेश राजबंशी र अन्जन विष्टको नाम समावेश थियो।

तर, एन्फाले अनुशासनका कारवाही गरिरहँदा ती तीन खेलाडीले गृहमैदानमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागिता हुनबाट पनि चुकेका हुन्।  राष्ट्रिय खेलकुद परिषदका मुख्य फुटबल प्रशिक्षक मिलन हाडाले सागमा ती खेलाडीहरुलाई अरु खेलाडीले रिप्लेस गर्ने बताए।

यसअघि घोषणा गरिएको टिम

गोलकिपर : बिकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, बिक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आमदाङ्ग्वे, तेज तामाङ

फरवार्ड : बिमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन बिष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell