PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

'सुर्य इन्टरनेशनल अवार्ड'मा अनमोल र साम्राज्ञीले जिते पपुलर हिरो र हिरोइनको अवार्ड



पहिलोपोस्ट

'सुर्य इन्टरनेशनल अवार्ड'मा अनमोल र साम्राज्ञीले जिते पपुलर हिरो र हिरोइनको अवार्ड

काठमाडौं : जापानको टोकियोमा दोस्रो पटक आयोजना गरिएको सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ। आइतवार जापानमा सम्पन्न भएको अवार्डमा फिल्म 'क्याप्टेन' बाट अनमोल केसी र फिल्म 'कायरा'बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर हिरो र हिरोईनको अवार्ड पाएका छन्।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म 'छक्का पञ्जा ३'बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन्। यस्तै 'गोपी'बाट अभिनेत्री वर्षा राउतले पपुलर सह अभिनेर्त्रीको अवार्ड पाइन्।

पप गायकमा 'कर्के नजर'बाट सञ्जिव पराजुली र 'कर्के नजर'बाटै टिका प्रसाई पप गायिको अवार्ड पाए। यस्तै आधुनिक गायक तर्फ 'मोहनी'बाट राजेश पायल राई र गीत 'पिरिम नलाउने'बाट मेलिना राईले अवार्ड पाउन सफल भएकी छन्।

क्रिटिक्स अवार्डमा फिल्म 'प्रसाद' परेको छ भने फिल्म प्रसादबाटै अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले पनि अवार्ड पाएका छन्।

उत्कृष्ट निर्देशकतर्फ 'गोपी'बाट निर्देशक दिपेन्द्र लामाले अवार्ड पाएका छन्। लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका निर्देशक तथा वरिष्ठ कलाकार नीर विक्रम शाहलाई लाइफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।

यस्तै मह जोडीलाई पनि सुर्य रत्न सम्मानबाट सम्मानित गरिएको छ। यता क्याप्टेन तथा कलाकार विजय लामालाई सुर्य कलाकारिता सम्मान २०१९ प्रदान गरिएको छ।

फिल्म पत्रकारिता पुरस्कारबाट निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीलाई नगद २५ हजार जापानिज रुपैयाँसहित पुरस्कृत गरिएको छ। 

५ दर्जन भन्दा बढि कलाकार उपस्थित रहेको अवार्ड कार्यक्रममा दर्शकको संख्या भने न्युन रहेको सामाजिक सञ्जालमा सार्वजनिक भएका सो अवार्ड कार्यक्रमको तस्विरमा देखिएको छ।

सुर्य अवार्डकोविरुद्ध भ्रामक समाचार प्रकाशन गर्ने र अवार्ड बहिस्कारको अभियान नै चलाउने समुहका कारण दर्शकको संख्यामा कमी भएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन्।

सो अवार्ड कार्याक्रममा एक हजार दर्शकको आशा गरिएको आयोजकले जनाएको छ। तर दर्शकको संख्या २ सय ८० को हाराहारीमा मात्र थियो। कार्यक्रममा कलाकार, अतिथि र दर्शक गरेर ३ सय ४० जना बढिको उपस्थित रहेको आयोजकले जनाएको छ।

कलाकारहरुलाई नेपाल एयरलायन्सबाट जापान ल्याउने र नेपाल लैजाने व्यवस्था मिलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell