PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ



पहिलोपोस्ट

अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं : प्रहरीले अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले आइतवार पि ९२२६३३३ नम्बरको राहदानी भएका ४८ वर्षीय अश्फिक मिर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मिर्जा फ्लाइ दुवईको उडान नम्बर ५७६ मार्फत काठमाडौंबाट दुबई जान लाग्दा पक्राउ परेका हुन्।

उनको साथमा रहेको खैरो रंगको ब्याग विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्स रे नम्बर चारमा चेक गर्ने क्रममा ब्यागभित्र फल्स बटम बनाई लुकाइ राखेको अवस्था साउदी रियल फेला परेको थियो।

मिर्जाको साथबाट ५ सय दरको ३ सय १८ वटा (एक लाख उनन्साठ्ठी हजार अर्थात करिब ४८ लाख ७८ हजार रुपैयाँ) साउदी रियल बरामद गरेको प्रहरीले जानकारी दिएको छ। थप अनुसन्धान एवं आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell