
काठमाडौं : प्रहरीले विभिन्न तस्कर र प्रयोगकर्ताबाट समातेको लागुऔषध के गर्छ? धेरैलाई यो जिज्ञाशा होला। प्रहरीले यसरी बरामद गरेको लागुऔषध अदालती प्रकृया पुरा गरेपछि नष्ट गर्ने गर्दछ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमवार बरामद गरेको लागुऔषधलाई खोलाको किनारमा लगेर आगो लगाएको छ। प्रहरीले भिमफेदी गाउँपालिका-१ स्थित खोलाको बगरमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, भिमफेदी गाउँपालिका वडाध्यक्ष श्यामकुमार बल, जिल्ला अदालत मकवानपुरका प्रतिनिधि विनोद कुमार ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकाल, दिपकला प्रतिष्ठान सुधारकेन्द्रका अध्यक्ष राजिव श्रेष्ठ, स्थानीय तथा पत्रकारको उपस्थितिमा लागुऔषध नष्ट गरिएको हो।
२ सय १० केजी ३ सय ग्राम गाँजा, १३ केजी ४३ ग्राम चरेस लगायतका लागुऔषध नष्ट गरेको प्रहरीले जनाएको छ।