PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

प्रधानमन्त्री ओलीले डाके समीक्षा बैठक, मन्त्रीहरुले चौमासिक प्रगतिको ब्रिफिङ गर्दै



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले डाके समीक्षा बैठक, मन्त्रीहरुले चौमासिक प्रगतिको ब्रिफिङ गर्दै
फाइल फोटो।

काठमाडौं :  प्रधानमन्त्री ओलीले चौमासिक समीक्षा बैठक डाकेका छन्। अहिले सिंहदरबारमा बस्ने बैठकमा मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई चौमासिक प्रगति विवरणको ब्रिफिङ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'आजको समिक्षा बैठकमा मन्त्रीहरुले प्रगति विवरण सुनाउनु हुनेछ। प्रगति विवरणमाथि छलफल हुन्छ। प्रगति विवरणपछि प्रधानमन्त्रीले मन्त्रीलाई केही निर्देशन दिनुहुन्छ,' थापाले भने।

थापाका अनुसार आजको बैठकमा सचिवहरु पनि सहभागी हुनेछन् र मन्त्रीहरुले सचिवलाई निर्देशन दिनेछन्।

प्रधानमन्त्री ओलीले बिहीवारको मन्त्रिपरिषद् बैठकमा चौमासिक कार्यको समीक्षा बैठक केही दिने भित्रै बैठक बस्ने बताएका थिए। सोही बैठकमा उनले मन्त्रीहरुलाई प्रगति विवरण पेश गर्न पनि निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell