
काठमाडौं : प्रहरीले अवैध तरिकाबाट भित्र्याएको सुनसहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले सोमवार बिहान गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीस्थित नेपाल-चीन सिमानाबाट गोसाईकुण्ड गाउँपालिका-१ थुमन बस्ने ४१ वर्षीया छो माया तामाङ र ३३ वर्षीया म माया तामाङलाई नियन्त्रणमा लिएको छ।
उनीहरुको साथबाट प्रहरीले ७ सय ४२ ग्राम सुन समेत बरामद गरेको छ। सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा ६ वटा सनका टुक्रा फेला पारेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।