PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

लागुऔषध चरेससहित दुई युवक पक्राउ



पहिलोपोस्ट

लागुऔषध चरेससहित दुई युवक पक्राउ

रुकुमपूर्व : लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन्। उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको प्रहरीले जनाएको छ। चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell