PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

सुन्दरीजलमा रोलर दुर्घटनामा एक जनाको मृत्यु



पहिलोपोस्ट

सुन्दरीजलमा रोलर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं : गोकर्णेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो। मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell