PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

प्रधानमन्त्री ‌ओलीलाई एपेन्डिसाइटिस, आजै अप्रेसन गर्ने तयारी



पहिलोपोस्ट

प्रधानमन्त्री ‌ओलीलाई एपेन्डिसाइटिस, आजै अप्रेसन गर्ने तयारी
फाइल फोटो

काठमाडौं : आज बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'एपेन्डिसाइटिस' भएको छ।

प्रधानमन्त्री ओलीलाई पेटमा समस्या देखिएपछि मंगलवार बिहान करिव ९ बजे मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एपेन्डिसाइटिस भएको आशंका गरिएको र अप्रेसनको तयारी भइरहेको जानकारी दिए।

उनले भने, 'प्रधानमन्त्रीलाई एपेन्डिक्ससाइट भएको आशंका गरिएको छ। आज नै अप्रेसन गर्ने/नगर्ने चिकित्सकसँग सल्लाह भइरहेको छ।'

त्यस्तै पेन्डिसाइटिस आजै अप्रेशन गर्ने तयारी भइहेको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतवार मात्र प्रधानमन्त्री ओलीको धापासिस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा डाइलासिस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell