PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मोटरसाइकल दुर्घटनामा ने क पाका नेताको मृत्यु



रासस

मोटरसाइकल दुर्घटनामा ने क पाका नेताको मृत्यु

राँझा : सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नम्बरको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका-४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।

उनका अनुसार गएराति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो। गौतम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) जुम्लाका स्थानीय नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell