PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मुख्यमन्त्री पौडेललाई प्रचण्डले भने : राजधानी र प्रदेशको नाम छिटो टुङ्ग्याउनुस्



रासस

 मुख्यमन्त्री पौडेललाई प्रचण्डले भने : राजधानी र प्रदेशको नाम छिटो टुङ्ग्याउनुस्
फाइल फोटो।

हेटौँडा : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुंग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन्।

अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए। वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाइ छ।

उनले कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै नेपालको विकासको गति सन्तोषजनक रहेको अन्तर्राष्ट्रिय एजेन्सीले बताइरहेको समेत उल्लेख गरे।

आसन्न उपनिर्वाचनमा ने क पाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उनले अब आफूले अली बढी पार्टी र संगठनमा जोडबल दिने भनी गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि ने क पाकै पक्षमा हुने विश्वास व्यक्त गरे। संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न ने क पाका दुवै अध्यक्षले भूमिका खेलिरहेको पनि उनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell