PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

ट्र्याक्टरले किचेर एक जनाको मृत्यु 



पहिलोपोस्ट

ट्र्याक्टरले किचेर एक जनाको मृत्यु 

चितवन : भरतपुर महानगरपालिका-२६ खयरघारीमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार गएराति राति ११ बजे ना ७ त ४७० नम्बरको ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चित्तल मारेको अभियोगमा एक पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले प्रतिबन्धित जंगली जनावर चित्तल मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खैरहनी नगरपालिका-१३ का हेमबहादुर ढुङ्गाना रहेको निकुञ्जले जनाएको छ। 

चित्तल मारी परालको टौवामा लुकाइ राखेको भन्ने सूचनाको आधारमा ढुङ्गानालाई पक्राउ गरिएको हो। ढुङ्गानालाई निकुञ्ज सुरक्षार्थ खटिएको टोलीले चित्तल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसमेत बरामत गरेको छ। बटुकदल गणको टोलीले ढुङ्गानालाई नियन्त्रणमा लिएर निकुञ्जमा बुझाएको हो।

प्रतिबन्धित जंगली जनावर मारेको अभियोगमा निकुञ्ज ऐन २०२९ को दफा २६ को उपदफा तीन अनुसार २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।

कुमरोज सामुदायिक वन नजिकै घर भएका ढुङ्गानालाई समय थप गरी अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell