PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भलिबलका प्रशिक्षक लेस ले दि जोङ भन्छन् : मेडल कुन आउँछ भन्न सक्दिनँ



मुकुन्द घिमिरे

भलिबलका प्रशिक्षक लेस ले दि जोङ भन्छन् : मेडल कुन आउँछ भन्न सक्दिनँ

दक्षिण एसियाली खेलकुद साग शुरु हुन केही दिन बाँकी छ। तर, नेपालको राष्ट्रिय खेल भलिबलको भने बुधवारबाटै प्रतिस्पर्धा शुरु हुँदैछ। यसअघि एभिसी सेन्ट्रल मेन्स भलिबलमा पराजय भोगेको नेपालले सागको पुरुषतर्फ पदक हात पार्ने प्रशिक्षक लेस ले दि जोङको विश्वास छ।

'सागमा पुरुष भलिबलको लक्ष्य पदक हात पार्ने नै हो। हामी खेल जित्ने योजनामा छौं। गोल्ड, सिल्भर या ब्रोन्ज म भन्न सक्दिन तर हामीले मेडल जित्ने छौं', डच प्रशिक्षक दि जोङले कुराकानीका क्रममा भने, 'अघिल्लो पटकको एसियन गेम्सको तयारी भन्दा यसपटक तयारी राम्रो छ। भारतमा गएर पनि हामीले अभ्यास गरेको थियौं जुन फलदायी थियो।'

केही हप्ता त्यहाँ गरेको अभ्यास छोटो भए पनि 'सेटिस्फ्याक्टरी' रहेको उनको बुझाइ छ। उनको हिसाबले १० वटासम्म मैत्रीपूर्ण खेल खेलेको भए नेपालको तयारी अझ राम्रो हुने थियो। यद्यपी अहिले नेपालको ध्यान पदक जित्नेमै केन्द्रित रहने उनले बताए।

नेपालको सागमा प्रतिद्वन्दीहरु बलिया हुने निश्चित छन्। भारत, श्रीलंका, माल्दिभ्स जस्ता टिमहरु एसियामै बलिया टोली टिम हुन्।

'प्रतिद्वन्दीहरु धेरै बलिया छन्। भारत, पाकिस्तानलगायत श्रीलंका र बंगलादेश पनि बलिया टोली छन्। सबै प्रतिद्वन्दी बलिया छन्,' दि जोङ भन्छन्।

तर, नेपाली टिम पनि बलियो भएकाले पदकका लागि राम्रो खेल्ने उनले बताए।

पछिल्लो महिनायता नेपाली भलिबलको प्रशिक्षण सम्हालेका दि जोङ खेलाडीहरुसँग राम्रो समन्वय गरेर अघि बढेको बताउँछन्।

'म खेलाडीको खेलसँग सेटिस्फाइ छु,' उनले भने।

सागमा सहभागी हुने सबै टोली बलिया भएकाले पनि चुनौती भने धेरै छ। केही महिना अघि नेपालमै भएको एसियन सेन्ट्रल जोन मेन्स भलिबलमा नेपालले फितलो प्रदर्शन गर्दे समूह चरणबाटै बाहिरिएको थियो। उक्त प्रतियोगितामा नेपाल माल्दिभ्स र कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो।

साग तयारीमा नेपालले भारतमा अभ्यास गर्नुका साथै मैत्रीपूर्ण खेलहरु खेलेको थियो। प्रशिक्षक दि जोङको भनाइलाई मान्ने हो भने नेपालको तयारी राम्रो भएकाले पदक हात पार्नेमा विश्वास गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell