PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गढीमाई मेलाका बेला बारामा १० दिन विद्यालय बन्द



राधेश्याम पटेल

गढीमाई मेलाका बेला बारामा १० दिन विद्यालय बन्द
फोटो : Google Map ।

वीरगंज : बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्ने गढिमाई मेलाको अवसरमा बाराको मेला स्थल मानिने महागढिमाई नगरपालिकाले १० दिन विद्यालय बन्द रहने जनाएको छ।

महागढिमाई नगरपालिकाले सूचना जारी गर्दै मेलाको समयमा विशेष बिदा दिँदै मंसिर १० दखि २० गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए। त्यसैगरी बाराको अन्य पालिकाले आफनो निर्णय अनुसार ५ दिनदेखि १० दिन सम्म विद्यालय बन्द गर्ने तयारी गरेका छन्।

वीरगंजमा ४ दिन स्कूल बन्द

वीरगंज महानगरपालिकाले मंसिर १७ र १८ गते मूल पूजा तोकिएको गढीमाई मेलालाई लक्षित गर्दै चार दिन विशेष बिदा दिने भएको छ। नेपाल शिक्षक महासंघ, वीरगंज महानगरपालिका, वीरगंज नगर कमिटीबीच भएको छलफलमा मंसिर १५ देखि १८ गतेसम्म निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भएको थियो।

यसअघि शिक्षक महासंघको वीरगंज नगर समितिले मंसिर १६ देखि २० गतेसम्म ५ दिनको बिदा माग गरेको थियो। तर छलफलमा ४ दिनको बिदा मात्र स्वीकृत भएको महानगर समितिका अध्यक्ष विनोद मेहताले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell