PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'विप्लव' समूह निकट ६ जना विद्यार्थी पक्राउ



रासस

'विप्लव' समूह निकट ६ जना विद्यार्थी पक्राउ

दार्चुला : नेत्रविक्रम चन्द 'विप्लव' समूह निकटका छ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध गर्न सदरमुकाम खलङ्गा आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

विरोध कार्यक्रम गर्नुअघि नै प्रहरीले विद्यार्थीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का २२ वर्षीय ललित सार्की र पर्शुराम नगरपालिका-५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका-४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका-८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका-४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बूढीगङ्गा नगरपालिका-१० का २१ वर्षीय दीपक रावत छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीका अनुसार उनीहरुका साथबाट रकम माग्न प्रयोग गरिएका रसिदसमेत बरामद गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell