
काठमाडौँः सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच अतिरिक्त शुल्क फिर्ताको सहमति भएको छ। शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म भएको वार्तामा कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ता बुधबारदेखि नै हुने सहमति भएको हो।
किङ प्रणालीबाट विद्यार्थी भर्ना प्रक्रिया थालिएको शैक्षिक सत्र २०७४/०७५ तथा २०७५/०७६ को शुल्क बुधबारदेखि फिर्ता गर्नेगरी सहमति भएको हो।
वार्तामा शैक्षिक सत्र २०७६/०७७ बाट भने चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क अनुसार विद्यार्थी भर्ना गर्ने पनि सहमति भएको छ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले बुधबारसम्म शुल्क फिर्ता नगरे कानुनी कारबाहीको निर्णय गरेको थियो।
अतिरिक्त रुपमा असुल गरेको शुल्क खारेजी माग गर्दै विद्यार्थी चरणवद्ध आन्दोलनमा छन्।