PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

रियल मड्रिड र पिएसजीको बराबरी, चार मिनेटभित्र रोमाञ्चक तीन गोल



पहिलोपोस्ट

रियल मड्रिड र पिएसजीको बराबरी, चार मिनेटभित्र रोमाञ्चक तीन गोल
तस्बिर: रियल मड्रिड/ट्वीटर

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजीले) २–२ गोलको बराबरी खेलेका छन्।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जेमाले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा रियलले १–० ले अग्रता कायम राख्यो।

दोस्रो हाफमा अझ रोमाञ्चक बन्यो। बेन्जेमाले फेरि ७९ मिनेटमा गोल थपेसँगै मड्रिड जितको नजिक पुगेको थियो। तर, त्यसको ४ मिनेछ भित्रै पिएसजीले २ गोल फर्काउँदा रियल अंक बाँड्न पुग्यो। पिएसजीका लागि ८१ औं मिनेटमा किलियन एम्बापेले र ८३ औं मिनेटमा पाब्लो सराविया गोल गरे।

दुवै टोली च्याम्पियन्सलिगको अन्तिम १६ मा प्रवेस गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell