PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

उपनिर्वाचन प्रचारको मैझारोः दौडधुपमा शीर्ष नेता, को कहाँ जाँदैछन्?



पहिलोपोस्ट

उपनिर्वाचन प्रचारको मैझारोः दौडधुपमा शीर्ष नेता, को कहाँ जाँदैछन्?

काठमाडौं : उपनिर्वाचन अन्तर्गत बुधबार (आज) राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। मौन अविधको अन्तिम दिनसम्म उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा छन्।

चुनावी प्रचारमा राजनीतिक दलका शीर्ष नेताहरु केही दिनदेखि दौडधुपमा छन्। नेताहरुले आज पनि दौडधुप गर्दै चुनावी प्रचारको मैझारो गर्दैछन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि अर्का अध्यक्ष भने चुनावी दौडधुपमा छन्।

चुनाव प्रचारको अन्तिम दिन प्रचण्डले तीनवटा सभालाई सम्बोधन गर्दैछन्। प्रचण्ड मंगलबार मात्रै प्रदेश २ पुगेका थिए।

बुधबार उनी अन्तिम प्रचारका क्रममा पोखरा, धरान र भक्तपुरका कार्यक्रममा जाँदैछन्। कास्कीमा प्रतिनिधिसभा तथा भक्तपुर प्रदेशसभा र धरानमा उपनगरपालिकामा उपनिर्वाचन हुँदैछ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहितका कांग्रेसका केही नेताहरुले धरान उपमहानगरको  चुनावी सभालाई सम्बोधन गर्नेछन्। देउवा यसअघि कास्की, भक्तपुर, बागलुङ र दाङ पुगिसका छन्।

सत्ता साझेदार दल समाजवादीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई मंगलबार नै दाङ पुगिसकेका छन्। दाङमा  समाजवादीको चुनावी सभा हुँदैछ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेताहरु उपनिर्वाचन हुने जिल्ला दौडमा छन्।  प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell