PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न सक्ने अवस्थामा 



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न सक्ने अवस्थामा 
फाइलल फोटो।

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। मंगलवार 'एपेन्डिसाइटिस'को अप्रेशनपछि स्थिर रहेको प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार आएको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलवार ओलीको 'एपेन्डिसाइटिस'को शल्यक्रिया गरिएको थियो। मंगलवारसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको थियो।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न थालेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गुणात्मक सुधार भइरहेको जानकारी दिए। उनलाई चिकित्सकहरुले निरन्तर निगरानीमा राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell