PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

कर्मचारीकै मिलेमतोमा बैंकबाट रकम चोरियो, चोरीमा संलग्न प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

कर्मचारीकै मिलेमतोमा बैंकबाट रकम चोरियो, चोरीमा संलग्न प्रहरीको नियन्त्रणमा

काठमाडौं : नक्कली चेक बनाएर बैंकका कर्मचारी समेतको मिलेमतोमा रकम चोरी भएको छ। विभिन्न १९ वटा बैंकबाट रकम चोरी भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बैंकका कर्मचारी समेत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकरी दिए।

'विभिन्न बैकको नक्कली कागजपत्र बनाएर रकम झिकिएको छ। थप अनुसन्धान गरिरहेका छौँ' डिएसपी बोगटीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बैंकबाट २० लाख रुपैयाँभन्दा बढी रकम निकालिएको देखिएको छ। बुधबार प्रहरीले घटना सार्वजनिक गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell