PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एसियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हुन्छ, तीन वर्ष कुर्नस् : मुख्यमन्त्री पोखरेल



रासस

एसियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हुन्छ, तीन वर्ष कुर्नस् : मुख्यमन्त्री पोखरेल
फाइल फोटो।

दाङ : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताएका छन्। हापुरेमा मंगलवार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गरे।

नेपालले पाँच वर्षपछि दक्षिण एसियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताए। सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उनले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न आग्रह गरे।

'जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सदैव लागि पर्नुभयो', मुख्यमन्त्री पोखरेलले भने, 'भविष्य कोर्ने जिम्मेवारी अब ने क पाका उम्मेदवार विमला वलीको काँधमा आएको छ।'

सो अवसरमा ने क पा प्रदेश  ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell