PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रम ओलीको अवस्था बुझ्न कांग्रेस सभापति पुगे अस्पताल



पहिलोपोस्ट

प्रम ओलीको अवस्था बुझ्न कांग्रेस सभापति पुगे अस्पताल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शिक्षण अस्पताल पुगेका छन्। मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको उपचार जारी छ।

प्रधानमन्त्रीको अवस्था बुझ्न पुगेका देउवाले परिवारका सदस्य तथा चिकित्सकहरुसँग ओलीको अवस्थाबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी पाएपछि देउवा फर्केका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु पनि अस्पताल आउने जानेक्रम जारी छ।

प्रधामन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको आज बिहानै अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा पनि उल्लेख छ। हिजो 'ब्याक अप'का रुपमा भेन्टिलेटरमा प्रधानमन्त्रीलाई राखिएको भए पनि अहिले भेन्टिलेटरको प्रयोग गरिएको छैन।

ओलीको हिजोमात्र अप्रत्यासित रुपमा एपेन्डिसाइटिसको सल्यक्रिया गरिएको थियो। 'उहाँको अवस्थामा सुधार छ,' अस्पतालमै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'डाक्टरहरुसँग उहाँले कुराकानी पनि गरिरहनु भएको छ।'

प्रधानमन्त्री ओली केही दिन चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell