PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बालिकालाई भारत पुर्‍याएर देहव्यापारमा लगाउने दुई जना पक्राउ



पहिलोपोस्ट

बालिकालाई भारत पुर्‍याएर देहव्यापारमा लगाउने दुई जना पक्राउ

काठमाडौं : बालिकालाई भारत पुर्‍याएर देहव्यापारमा लगाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानवबेचविखन अनुसन्धान ब्यूरोको टोलीले आइतवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले धनुषा बेंगाडावर ६ घर भएकी जोस्ना भन्ने जुनाकुमारी खड्का र सीता लामा भन्ने सिम्रन तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। तामाङ बालिकालाई नेपालबाट भारतसम्म पुर्‍याउने महिला हुन्।

उनीहरुले तीन वर्षअघि ९ कक्षामा अध्ययनरत १२ वर्षीय बालिकालाई भारतमा राम्रो काम लगाइदिने भन्दै भारत पुर्‍याएका थिए। मासिक २० हजार रुपैयाँ दिने होण्डा कम्पनीमा काम लगाइदिने भन्दै भाउजु नाता पर्ने महिलाले भारतमा पुर्‍याएर धम्की दिइ देहव्यापारमा लगाएको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छिन्।

पीडित बालिकाको बुवाले प्रहरीमा जानकारी दिएपछि प्रहरीले उद्धार गरेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell