PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

अनुगमनमा महानगर उपप्रमुख, भनिन् 'डोजरका कारण पुरातात्विक सम्पदा संकटमा नपरोस्'



पहिलोपोस्ट

अनुगमनमा महानगर उपप्रमुख, भनिन् 'डोजरका कारण पुरातात्विक सम्पदा संकटमा नपरोस्'

काठमाडौं: काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टुँडिखेल, खुलामञ्च र रानीपोखरीको अनुगमन गरेकी छिन्। खुलामञ्च खुला हुनुपर्ने मागसहित 'अकुपाइ टुँडिखेल' अभियान चलिरहँदा उनी टुँडिखेल पुगेकी हुन्।

अनुगमनका क्रममा उनले टुँडिखेलमा जनताको सहज पहुँच पुर्‍याउन सबैले भूमिका खेल्न पर्ने बताइन्। 

त्यस्तै, खुलामञ्चमा बनाइएका संरचनाको अनुगमनमा पुगेकी उनले दरबार हाइ स्कुल र वीर अस्पतालको निर्माणको लागि बनाइएको अस्थायी संरचनाहरु छिटो हटाइने उनले बताइन्। अनुगमनको क्रममा भनिन्,'  पुनर्निर्माणको काम लगभग सकिन लागेको छ। त्यसैले यहाँको संरचना छिट्टै हट्छ।' 

त्यसपछि रानीपोखरी पुनर्निर्माणको अनुगमन गर्न पुगेकी श्रेष्ठले माटो विछ्याउन डोजरको प्रयोग भएकोमा आपत्ती जनाइन्। उनले डोजरबाट त्यहाँका पुरातात्विक सम्पदाको महत्व सकंटमा पर्ने सक्ने भन्दै डोजर प्रयोग नगर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काट्ने बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell