
जनकपुरधाम : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गरेका छन्।
जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताएका हुन्। उनले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसंग भ्रामक भएको टिप्पणी गरे।
उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसंग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता भएको बताए।
संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको चर्चा गर्दै उनले संविधान अपूर्ण रहेकाले संशोधन हुनै पर्ने बताए। समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताए।