PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूजा नथाल्दै प्रसाद : नेपाली महिला भलिबल टोलीले बङ्लादेशलाई हरायो



मुकुन्द घिमिरे

पूजा नथाल्दै प्रसाद : नेपाली महिला भलिबल टोलीले बङ्लादेशलाई हरायो

काठमाडौं : दक्षिण एसियाली खेलकूद अन्तर्गत महिला भलिबलमा पहिलो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बङ्गलादेशलाई सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट २५-९ र दोस्रो सेट २५-९ ले जितेको थियो। तेस्रो सेटमा भने २५/११ ले जित हात पारेको हो।

दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै सुरु गरिएको हो।

नेपाली पुरुष भलिबल टोलीले पनि आजै बंगलादेशसग खेल्दै छ।

प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह 'बी' मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।

नेपाली पुरुष भलिबल टोलीले आज साँझ ७ बजे खेल्नेछ।

नेपाली महिला टोलीका प्रशिक्षक जगदीश भट्टले नेपाली टोलीको लक्ष्य स्वर्ण पदक भएको बताउँदै आएका छन्।

भर्खरै बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन वुमन्स भलिबलमा स्वर्ण जितेको नेपाली टोली सागमा पनि स्वर्ण जित्नका लागि आत्मविश्वासी देखिन्छ। साग तयारीका लागि नेपाली महिला टिमले थाइल्यान्डमा अभ्यास गर्नुका साथै मैत्रीपूर्ण खेलहरुसमेत खेलको थियो।

यता पुरुष भलिबल टिमले पनि भारतमा प्रशिक्षण गर्नुका साथै अभ्यास खेलहरु खेलेको थियो। नेपालमै आयोजना गरिएको एभिसी सेन्ट्रल जोन मेन्स भलिबलमा गरेको फितलो प्रदर्शन सुधार्ने अवसर नेपाली टोलीलाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell