PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीमा जोगाउन नसक्दा देशभक्त लज्जित : राप्रपा



पहिलोपोस्ट

सीमा जोगाउन नसक्दा देशभक्त लज्जित : राप्रपा

पोखरा : राप्रपाका वरिष्ठ नेता दीपक बोहराले उप निर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहता विरुद्ध मिनी जनमत संग्रह रुपमा हुने बताएका छन्।

आज प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं-२ को पोखरामा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता बोहराले आसन्न निर्वाचन धर्म परिवर्तन विरुद्ध र हिन्दु राष्ट्रको पक्षमा सशक्त र नयाँ जनमतको रुपमा अभिव्यक्त हुने पनि बताए।

सीमाको सुरक्षा आज राष्ट्रको प्रमुख चुनौतीको रुपमा रहेको बताउँदै नेता बोहराले देशको सीमा रक्षा गर्न नसक्ने सरकारका कारण आज देशभक्तहरु लज्जित हुनुपरेको बताए। सरकारले सीमा मिचिएको विषयलाई कुटनीतिक ढंगबाट समाधान खोजिनु पर्नेमा राष्ट्रियता जस्तो संवेदनशील विषयमा हेलचक्र्याइ गरिनु र जनतालाई आश्वस्त नपारिनु दु:खद भएको टिप्पणी गरे।

राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्ट दुवै नेपालको बर्बादीको सहयात्री भएकाले विकल्पको रुपमा रहेको राप्रपालाई साथ, सहयोग र समर्थन गर्न आग्रह गरे। देशको प्रमुख समस्या भ्रष्टाचार, बेथिति, बेरोजगारी समस्या, सीमा रक्षा, धर्म परिवर्तन रहेको दृष्टान्त प्रस्तुत गर्दै महामन्त्री लिङ्देनले उप निर्वाचन मार्फत असफलतालाई निरन्तरता नदिन र भ्रष्टाचारलाई अनुमोदन नगर्न अपील गरे।

कास्की-२ मा राप्रपाका उमेदवार रोमबहादुर भण्डारीले विगतमा पनि आफू जनप्रतिनिधि रहेको र निस्कलंकित भएकोमा गर्व गर्दै फेरि पनि पोखराको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell