
काठमाडौं : अर्घाखाँचीमा एक यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका-७ घुम्तीमा दुर्घटना भएको हो।
दुर्घटनामा परी १४ जना गम्भीर घाइते भएका छन्। मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। दुर्घटनामा परी ५ नम्बर बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु खुलेको भए पनि अरुको विवरण प्राप्त भइसकेको छैन।