PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सागको पहिलो खेलमै नेपाललाई सफलता, यस्तो देखियो बंगलादेशविरुद्ध नेपालको खेल

सागको पहिलो खेलमै नेपाललाई सफलता, यस्तो देखियो बंगलादेशविरुद्ध नेपालको खेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको हो।

नेपालले पहिलो सेट २५-९ र दोस्रो सेट २५-९ ले जितेको थियो। तेस्रो सेटमा भने नेपालले २५-११ ले जित हात पार्‍यो।

दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै शुरु गरिएको हो।

नेपाली पुरुष भलिबल टोलीले पनि आजै बंगलादेशसँग खेल्दै छ।

प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै भारत र बंगलादेश रहेका छन् भने समूह 'बी' मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell